
काठमाण्डु, १८ फागुन– नेपाली सेनाले पृतनापति सम्मेलन बोलाएको छ ।
सेनाले १९ देखि २१ फागुनसम्म पृतनापतिहरुको सम्मेलन बोलाएको हो । सेनाको जंगीअड्डाअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै महाशिवरात्री पर्व तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक’ सञ्चालन हुन लागेको जानकारी गराएको छ ।
सम्मेलनमा पृतनापतिहरुले आफ्नो जिम्मेवारी रहेको क्षेत्रको वर्तमान सुरक्षा अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै जंगीअड्डा अन्तर्गतका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणका क्षेत्रमा भए÷गरेका कार्यहरुका बारेमा प्रस्तुतिकरण एवं छलफल हुने जनाइएको छ ।