नरेन्द्र मोदीले लगाए कोरोनाविरुद्धको खोप

काठमाण्डु टुडे २०७७ फागुन १७ गते ९:३७ मा प्रकाशित

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।

नयाँदिल्लीस्थित एम्स अस्पताल पुगेर मोदीले कोरोनाविरुद्धको खोप लगाएका हुन् । मोदीले भारतमै उत्पादित कोभ्याक्सिन नामक खोपको पहिलो डोज लगाएका हुन् ।

मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय चिकित्सक र वैज्ञानिकले कोभिड–१९ महामारीविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले सबै मिलेर भारतलाई कोभिड–१९ मुक्त बनाउन जनतालाई अपिल गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us