रघुजी पन्तविरुद्ध अदालत जाँदै कोमल वली

काठमाण्डु टुडे २०७७ फागुन १६ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वलीले नेकपा प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालतमा मुद्दा दायर गर्ने भएकी छन् ।

पन्तले आफ्नो अस्मितमामाथि प्रश्न उठाएको भन्दै वलीले पन्तविरुद्ध मुद्दा दायर गर्न लागेकी हुन् । त्यसबारे आफूले कानून व्यवसायीसँग परामर्श गरिरहेको वलीले काठमाण्डुटुडेलाई बताइन् । आफू अहिले गृहजिल्ला दाङमा रहेको र काठमाण्डु फर्किएलगत्तै अदालत जाने वलीको भनाइ छ । नेकपा विभाजनमा वली केपी ओली पक्षमा लागेकी छन् ।

नेता पन्तले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पन्तले वनी बिना लगानी र योगदान राष्ट्रियसभा सदस्य भएको टिप्पणी गरेका थिए । पन्तले भनेका थिए, ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद तिनै भइन् । कलाप फुलेका बुढी कामरेडहरु न एकपटक राष्ट्रिय सभा सदस्य हुन पाएका छन् न त केन्द्रीय सदस्य हुन पाएका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us