केपी ओली विक्रिति र विसंगतिका नेताः मन्त्री बराल

काठमाण्डु टुडे २०७७ फागुन १५ गते १६:०८ मा प्रकाशित

गुल्मी, १५ फागुन– लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रधानमन्त्री केपी ओलीले नेपाली कम्युनिष्ट आन्दोलनभित्र व्याप्त विक्रिति, विसंगतिको नेतृत्व गरेको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता समेत हरेका बरालले गुल्मी सदरमुकाममा तम्घासमा शनिबार आयोजित आफ्नो समूहका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली अराजक प्रवृत्ति भएकाहरुको नेता भएको आरोप लगाए । उनले ओली र निवर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पजस्तै अराजक मनोवृत्तिको व्यक्ति भएको टिप्पणी गरे ।

ओलीले मुलुकलाई गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक उपलब्धीबाट पछाडि धकेल्ने चेष्टा गरे पनि सर्वोच्च अदालतको फैसलाले उनको प्रयास विफल भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us