
काठमाण्डु, १४ फागुन– मस्तिष्टघातपछि शल्यक्रिया गरिएका पूर्वमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्थामा खासै सुधार नभएको चिकित्सकले बताएका छन् ।
गएराति घस्तिष्कघात भएपछि जोशीलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जोशीलाई हाल भेन्टिलेटरमा राखिएको जानकारी दिए । झाका अनुसार वीर असपतालबाट नर्भिक ल्याउँदा जोशी होसमा थिएनन् । उनलाई पेसमेकर जोडेर स्वास प्रश्वास गराइएको छ । फोक्सोसम्म पुगेको वान्ता बाहिर निकालिएको डा. झाले बताए । यस्तै एउटा आँखाको नानी फुलेको छ । मृत मानिसको भने दुवै आँखाको नानी फुल्ने उनले उल्लेख गरे ।
‘उहाँको अवस्था धेरै नै जटिल छ डा. झाले भने, ‘हामी उहाँलाई बचाउन निरन्तर कोसिस गरिरहेका छौं ।’ जोशीको ज्यान बचाउन सकिए पनि पहिलाकै जस्तो अवस्थामा भने फर्काउन नसकिने उनले बताए ।