
काठमाण्डु, १३ फागुन–सांसदहरुले गत पुस र माघ महिनाको तलब एक मुष्ट पाउने भएका छन् ।
प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै सांसदहरुले दुई महिनाको एकमुष्ठ तलब पाउने भएका हुन् । सांसदको मासिक तलब ५५ हजार २ सय ३० रुपैयाँ छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गरेको थियो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
६ पुसदेखि माघ महिनाको तलब एकमुष्ठ पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । पाण्डेले सांसदहरुलाई दुई महिनाको तलब एकमुष्ठ रुपमा बैंक खातामार्फत भुक्तानी दिन लागिएको जानकारी दिए ।