ओली समूहको स्थायी समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७७ फागुन १३ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– नेकपा ओली समूहको आजका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको छ ।

हिजोबाट सुरु भएको बैठकको निरन्तरमा आज पनि बैठक बस्ने बताइएको थियो । प्रतिनिधिसभा पुर्नस्थापना भएपछिको अवस्थाबारे छलफल गर्न ओली समूहले स्थायी समिति बैठक बोलाएको हो । बैठकको अर्को मिति भने तय भएको छैन ।

हिजोका बैठकले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने निर्णय गरेको थियो । यस्तै सर्वोच्चको फैसला स्वीकार गरी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने निाणर््य पनि बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us