प्रचण्ड र देउवाबीच टेलिफोन वार्ता

काठमाण्डु टुडे २०७७ फागुन ११ गते २२:२९ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला गरेपछि गृहजिल्ला चितवनमा रहेका प्रचण्ड र देउवाबीच फोन वार्ता भएको हो । प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच प्रतिनिधिसभा पुर्नस्थापना भएकामा आपसमा बधाई साटासाट भएको छ ।

प्रचण्ड र देउवाबीच बुधबार भेटेर पछिल्लो राजनीतिक अवस्था र अबको कदमबारे छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us