सर्वोच्चले सरकारका पक्षमा फैसला गर्छः मन्त्री भट्ट

काठमाण्डु टुडे २०७७ फागुन ९ गते ११:५८ मा प्रकाशित

कैलाली, ९ फागुन– उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गर्ने दाबी गरेका छन् ।

मन्त्री भट्टले सर्वोच्चले केही दिनभित्रै संसद विघटनलाई सदर गर्ने गरी फैसला गर्ने बताए । ‘सर्वोच्च अदालतले केही दिनभित्रै संसद विघटन सदर गर्ने गरी फैसला गर्दैछ’, नेकपाको ओली समूहनिकट पत्रकारको संस्था प्रेस संगठनद्वारा आइतबार गृहजिल्ला कैलालीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले भने ।

मन्त्री भट्टले पूर्वघोषित वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने जिकिर गरे । निर्वाचन आयोग निर्वाचन तयारीका काममा लागिसकेको र सरकार निर्वाचनका लागि तयार रहेको उनले बताए । फरक प्रसंगमा उनले पार्टीभित्रैबाट सरकारका काममा असहयोग भएका कारण प्रधानमन्त्री केपी ओलीले बाध्य भएर संसद विघटन गरेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us