
काठमाण्डु, ८ फागुन– नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै आपत्ति जनाएका छन् ।
गौतमले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत केपी ओली सरकारमा गृहमन्त्री बन्न लागेको भन्दै प्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले आफू पार्टी एकीकरणको अभियानमा लागेको भन्दै गृहमन्त्री बन्ने भन्ने समाचार गलत, भ्रामक र दूरासययुक्त भएको टिप्पणी गरे । गौतमले भ्रामक समाचारमा विश्वास नगर्न पनि आग्रह गरेका छन् ।
गौतमले पार्टी विभाजनपछि आफू तटस्थ रहेको भन्दै नेकपा एकीकरण राष्ट्रिय अभियान घोषणा गरेका छन् ।