एकल पुरुषलाई भत्ता, जीवन सहज

काठमाण्डु टुडे २०७७ फागुन ८ गते ६:५७ मा प्रकाशित

काठमाण्डु, ८ फागुन– ललितपुरको  बागमती  गाउँपालिका–४  स्थित  प्युटारका  एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको “एकल पुरुष’ भत्ताले  दैनिकी  चलाउन  सहज  भएको  छ  ।

६३  वर्षीय  एकल  पुरुष  घलेको  अन्य   कुनै   आम्दानीको   स्रोत   नहुँदा   गाउँपालिकाले   प्रदान   गरेको   मासिक   एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् ।  “दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ”, घलेले भने । घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी  विवाह  गरी  अन्यत्रै  गएपछि  हाल  सम्पर्कमा  नभएको  र  छोरोसमेत  पत्ता  नलागेको उनले बताए ।

घलेजस्तै गाउँपालिका–३  स्थित  भट्टेडाँडाका  अर्का  एकल  पुरुष  हरिबहादुर  सिञ्जालीले  पनि  गाउँपालिकाले  प्रदान  गरेको  एकल  पुरुष  भत्ताले  राहत  पाएको  महसुस  गर्नुभएको  छ । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए ।

“गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ”, उनले भने, “हामीजस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।”  गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us