संसद विघटनको मुद्दामा ११ वा १२ गते अन्तिम फैसला

काठमाण्डु टुडे २०७७ फागुन ७ गते १४:३१ मा प्रकाशित

काठमाण्डु,, ७ फागुन– सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।

एमिकस क्युरी गीता पाठक संग्रौलाले शुक्रबार आफ्नो राय दिएपछि बहस सकिएको हो । यसअघि आइतबारबाट बिहीबारसम्म चार एमिकस क्युरीले आफ्नो राय दिएका थिए ।

इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बहस सकिएपछि १० फागुनभित्र बहस नोट दिन रिटका दुवै पक्षका कानुन व्यवसायी तथा एमिकस क्युरीलाई आग्रह गरेका छन् ।

जबराले ११ वा १२ गतेसम्ममा संसद विघटनबारे अन्तिम फैसला दिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us