भागरथीको बलात्कारपछि हत्या प्रकरणः एक व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०७७ फागुन ४ गते १३:४८ मा प्रकाशित

कञ्चनपुर, ४ फागुन– प्रहरीले बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ ।

भारततर्फ जान लागिरहेका बेला उनलाई शनिबार पक्राउ गरिएको थियो । महेन्द्र नगरबाट पक्राउ गरिएका ती व्यक्तिबारे प्रहरीले औपचारिक रुपमा अहिलेसम्म केही बताएको छैन । महिला कानून व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझेपछि गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हत्याराको नजिक पुगिसकेको बताएका थिए ।

अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिबारे सार्वजनिक नगरिएको दाबी प्रहरी श्रोतको छ । पक्राउ परेका व्यक्ति भागरथीकै गाउँ नजिकैका भएको बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us