
काठमाण्डु, २९ माघ– काँग्रेस सभापति शेरबहादुर देउवाले तामाङ समुदायको महान पर्व सोनाम ल्होसार तथा शेर्पा जातिको ग्याल्बो ल्होसारका अवसरमा शुभकामना दिएका छन् ।
शुक्रबार सन्देश जारी गर्दै देउवाले तामाङ र शेर्पा जातिका सबैमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । यस्ता पर्वहरुले समाजमा सद्भावना बढाउँनुका साथै शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास देउवाको छ ।
सभापति देउवाले विविधता सम्पन्न नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ–आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्दै देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको स्मरण गरेका छन् ।