नेकपा केन्द्रीय सदस्य वाग्लेको सवारी दुर्घटनामा निधन

काठमाण्डु टुडे २०७७ माघ २२ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, २१ मंसिर– नेकपा केन्द्रीय सदस्य डाचाराज वाग्लेको सर्लाहीमा भएको सवारी दुर्घटनामा निधन भएको छ ।

पूर्वविद्यार्थी नेतासमेत रहेका वाग्ले प्रचण्ड–नेपाल समूहको मसाल जुलुसमा सहभागी भएर घर फर्कंदै गर्दा बुधबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए । वाग्ले नेकपा सर्लाहीका इन्चार्जसमेत थिए ।
यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको मृत्यु रहस्यमय भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us