
काठमाण्डु, २२ मंसिर– काठमाण्डुको गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनी भएको छ ।
प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा अज्ञात व्यक्तिहरुको समूहले बिहानै आगजनी गरेको हो । रोकिराखेको ट्याक्सीमा दुई अज्ञात व्यक्तिले आगजनी गरेर भागेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । आगजनीका कारण ट्याक्सी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
प्रहरीले आगजनीमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहको हात रहेको आशंका गरेको छ । उक्त समूहले संवैधानिक निकायमा असंवैधानिक रुपमा नियुक्ति गरेको भन्दै आज देशव्यापी आमहड्ताल आह्वान गरेको हो ।
‘