
काठमाण्डु, २१ माघ– सर्वोच्च अदालतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्ने आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बुधबार ७ दिनभित्र लिखित जवाफ लिएर आफैं उपस्थित हुन आदेश दिएको हो ।
अधिवक्ता समीर हायुले अहादलतको अवहेलना गरेको भन्दै प्रचण्डविरुद्ध केही दिनअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा हायुले सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे लाखौं जनता सडकमा उतार्ने र जनताको शक्तिले संसद पुर्नस्थापना गर्ने बताएका थिए ।
प्रचण्डको अभिव्यक्तिले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भएको रिटमा उल्लेख छ ।