मन्त्री भट्टका पीए सवार गाडी तोडफोड

काठमाण्डु टुडे २०७७ माघ १९ गते ११:५५ मा प्रकाशित

नुवाकोट, १९ माघ– संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव मिनबहादुर शाही सवार गाडी तोडफोड गरेका छन् ।

नुवाकोटको विदुरमा केपी ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न मन्त्री भट्ट नुवाकोट आएका छन् । मन्त्रीको पछिपछि आएका उनका स्वकीय सचिव शाही सवार पहेंलो प्लेटको गाडीमा प्रचण्ड–नेपाल सम्वद्ध अखिल कार्यकर्ताले बट्टार बजारमा ढुंगा प्रहार गरेका थिए ।

ढुंगा प्रहारबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । बट्टारमा हुने सभालाई बिना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेल र भट्टले सम्बोधन गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us