ओलीसँग जबजको कुनै साइनो छैनः नेपाल

काठमाण्डु टुडे २०७७ माघ ९ गते १३:११ मा प्रकाशित

काठमाण्डु, ९ माघ– नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली र जबजबीच कुनै साइनो नरहेको बताएका छन् ।

प्रेस संगठनद्वारा शुक्रबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले जबजका मूल्य मान्यता कुल्चिने ओली जबजवादी हुन नसक्ने उल्लेख गरे । पार्टी एकता गर्दा जबज छाडेको कागजमा हस्ताक्षर गर्ने ओलीले जबजको नारा लगाउनु अनैतिक रहेको नेपालको टिप्पणी थियो ।

‘जबजले लोकतन्त्राका मूल्य मान्यता आत्मसाथ गर, विनम्र होउ, अरुको विश्वास जित, विधि र पद्दतिमा चल, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई पालना गर भन्छ,’ अध्यक्ष नेपालले भने, ‘ओलीले यी कुरा कहाँनेर लागु गरे ? अनि यस्तो मान्छेसँग जबजको कसरी साइनो रहन्छ ?’ जबजले जहिले पनि लोकतान्त्रिक मान्यता आत्मसात गर्ने भन्दै ओलीबाट त्यस्तो अपेक्ष गर्नु बेकार रहेको टिप्पणी गरे ।

नेपालले पार्टी र संसदको विश्वास जित्न नसकेर ओली संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघधटन गरेको हवाला दिने ओलीलाई मुलुकको नेतृत्व गर्ने अधिकार नभएको नेपालको भनाइ छ । ओलीमा विकास भएको सत्ता र शक्तिको उन्मादका कारण मुलुक संकटमा फसेको आरोप नेपालले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us