प्रचण्ड–नेपाल पक्षद्वारा सम्पादकहरुसँग छलफल

काठमाण्डु टुडे २०७७ माघ ७ गते १०:३४ मा प्रकाशित

काठमाण्डु, ७ माघ– नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाली मिडियाका सम्पादकहरुसँग छलफल आयोजना गरेको छ ।
दरबारमार्गस्थित याक उण्ड यति होटलमा जारी छलफलमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मा लगायत नेता सहभागी छन् ।

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघनविरुद्धको कदमबारे नेकपाले सम्पादकहरुसँग छलफल आयोजना गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us