
काठमाण्डु, ५ माघ– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेडासँग तुलना गरेका छन् ।
प्रचण्डले ओलीजस्ता भेडाको संगत गरिएकामा गल्ती महसुस भएको बताए । आफूहरु सिंहको सन्तान भन्दै उनले सिंह जर्गिएपछि भेडाहरुको भागाभाग हुने जिकिर गरे । ‘ओलीजस्ता भेडाको संगत गरेकामा पछुतो छ’, पार्टी टिकट महिला संगठनको केन्द्रीय समिति बैठकलाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले भने, ‘असंवैधानिक संसद विघटनविरुद्ध हामी सिंह झैं गर्जिनुपरेको छ ।’
प्रतिनिधिसभा पुर्नस्थापनाबारे अदालतमा मुद्दा विचाराधीन हरेको भन्दै प्रचण्डले निको चाला नरहेकाले संघर्षको विकल्प नरहेको बताए । उनले अदालतको निर्णय नकुरी जनताको अदालतले फैसला सुनाउनुपर्ने उल्लेख गरे । ‘राम्रो लक्षण देखिएको छैन, त्यसकारण जनताले आफनो फैसला दिन ढिला गर्न नहुने भएको छ । जनताको अदालतले फैसला गरेपछि अदालत र निर्वाचन आयोगलाई पनि निर्णय दिन सजिलो हुने उनको भनाइ थियो ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई खनलायकको संज्ञा दिए । ओलीरुपी खलनायकबाट गणतन्त्ररुपी बच्चालाई खतरा रहेको प्रचण्डले बताए ।