
बाँके, ४ माघ– राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको बाँकेमा हत्या भएको छ ।
विभागको कार्यालय बाँकेमा कार्यरत सहायक सूचक नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँका २७ वर्षीय प्रवीण थापाको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राति स्थानीयले थापाको शव घरभन्दा दुई मिलोमिटर पर खेतमा शव भेटिएको खबर गरेका थिए ।
मृतकको टाउकोमा धारिलो हतियार प्रयोग गरिएको चोट छ । बिहीबार कार्यालय गएका थापा सोही दिन साँझदेखि सम्पर्कविहीन भएका थिए । यसैबीच प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।