नारायणकाजीले राष्ट्रियसभा छाड्दा वामदेव र दीनानाथले सुने ओलीको भाषण

काठमाण्डु टुडे २०७७ पुष २६ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, २६ पुस– कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली सहभागी राष्ट्रियसभा बैठक प्रचण्ड–माधव नेपाल समूहका नेकपा सांसदले आइतबार बहिस्कार गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आएको उक्त समूहले राष्ट्रियसभा बैठकसमेत हठात अन्त्य गरेको भन्दै बहिस्कार गरे । तर, नेकपा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्मा र नेकपा विभाजनमा तटस्थ रहँदै आएका वामदेव गौतम भने बैठकमा सहभागी भए ।

यसअघि राष्ट्रियसभामा बोल्दै गौतम र शर्मा दुवैले प्रतिनिधिसभालाई दलीय विवादको शिकार बनाइएको भन्दै ओलीको आलोचना गरेका थिए । राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्षबाहेक नेकपाका ५० सांसद छन् । जसमध्ये २२ जनाले बैठक छाडेर हिंडेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us