काँग्रेसको प्रश्नः देशलाई खाल्डोमा हाल्ने ओली कसरी राष्ट्रवादी ?

काठमाण्डु टुडे २०७७ पुष १७ गते १८:३८ मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई खाल्डोमा हाल्ने काम गरेको आरोप लगाएको छ ।

राष्ट्रियसभामा शुक्रबार बोल्दै काँग्रेस नेता जितेन्द्र देवले प्रजातन्त्र भएको मुलुकमा संसदको सर्वोच्चता हुनुपर्नेमा प्रधानमन्त्रीको सर्वोच्चता लाद्न खोजिएको बताए । उनले राजनीतिक अस्थिरता नहोओस भनेर संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नराखिएको भन्दै संविधानको कुन धारामा टेकेर प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रश्न गरे ।

आफ्नो पार्टीभित्र समस्यामा परेपछि संसद विघटन गरिदिएँ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘तपाई पार्टीभित्र समस्यामा पर्नुभयो भने त्यो देशको समस्या होइन, त्यो तपाईंको समस्या हो’, देवले भने, ‘पार्टीभित्र समस्यामा पर्ने अनि संसद विघटन गरेर मुलुकलाई खाल्डोमा जाकिदिने ?’

प्रधानमन्त्रीका कारण मुलुक ठूलो राजनीतिक दुर्घटनातर्फ उन्मुख भएको चर्चा गर्दै देवले आफूलाई जनताको प्रतिनिधि दाबी गर्ने, देशभक्त र अग्रगमन चाहनेले यस्तो कदम उठाउनै नसक्ने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us