ओलीविरुद्ध उपत्यकामा एक लाख मानिस सडकमा आउने !

काठमाण्डु टुडे २०७७ पुष १४ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, १४ पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाण्डु उपत्यकासहित देशैभर शक्ति प्रदर्शन गर्दैछ ।

ंससद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कमदको विरोधमा नेकपाले शक्ति प्रदर्शन गर्न लागेको हो । नेकपा केन्द्रीय समिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वमा संघर्ष समिति गठन गरेको थियो । ‘केपी ओलीको प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आज देशभर प्रदर्शन र सभा हुन्छ’, श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार काठमाण्डुको भृकुटीमण्डमा हुने सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभाअघि राजधानीका विभिन्न ८ स्थानबाट जुलुस निकालिने बताइएको छ । सो पार्टीले करिब एक लाख मानिस राजधानी उतार्ने दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us