प्रहरी र विप्लव समूहबीच गोली हानाहान

काठमाण्डु टुडे २०७७ पुष १२ गते १८:५२ मा प्रकाशित

संखुवासभा, १२ पुस– प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहबीच गोली हानाहान भएको छ ।

जिल्लाको चैनपुर–४, मैदानेमा दुई पक्षबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको प्रहरी टोलीमाथि विप्लव समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा दुवै तर्फबाट दर्जनौं राउण्ड फायरिङ भए पनि कतैतर्फ पनि मानवीय क्षति भने भएको छैन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us