अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दैनः ओली

काठमाण्डु टुडे २०७७ पुष ७ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ७ पुस– प्रधानमन्त्री केपी ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने जिकिर गरेका छन् ।

आफू पक्षधर केन्द्रीय सदस्यहरुको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित भेलामा ओलीले अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने भ्रम नपाल्न चेतावनी दिए ।

कसै–कसैले प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्ने भ्रम फैलाएको उनको भनाइ थियो । बैठकमा ओलीले आफ्नो पार्टीले निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने जिकिर गरे ।

आफ्नो दलले समानुपातिकमा ५० लाख भोट ल्याउने दाबी ओलीको छ । जब कि गत निर्वाचनमा तत्कालीन एमाले र माओवादीले समानुपातिकमा करिब ३० लाख भोट पाएका थिए ।

ओलीले तोकिएकै मितिमा चुनाव हुने पनि बताए । प्रतिनिधिसभा विघटनसँगै ओलीले १७ र २७ वैशाख २०७८ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us