गुल्मीमा अटो दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ पुष ४ गते ९:०२ मा प्रकाशित

गुल्मी, ४ पुस– गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अरु चार जना घाइते भएका छन् ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु१ह २७४३ नम्बरको अटो रेसुङ्गा नगरपालिका–१३ दुबिचौमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा अटो चालक रेसुङ्गा नगरपालिका–१२ का तेजबहादुर रानाको मृत्यु भएको हो ।

अटो सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेमध्ये दुई जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उपचार हुन नसकेपछि दुई जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us