

बुटवल, १२ साउन– बुटवलमा होटलमा बास बसेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुटवलस्थित बसपार्कमा सञ्चालित पूर्वाञ्चल होटलमा बसेका तीन जनामा कोरोना देखिएको हो । उनीहरु गत ७ साउनमा होटलमा बस्दै आएका थिए ।
संक्रमित सबै भारतीय हुन् । उनीहरु अमरपथस्थित एक सिरक डसना भण्डारमा काम गर्ने मजदुर हुन् । पीसीआर परीक्षणको रिवपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई रामनगरस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । ग्राहकमा कोरोना देहिएपछि होटल सिल गरिएको छ ।