

काठमाण्डु, १२ जेठ–नेपालमा थौचो व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको नेशनल मेडिकल कलेजले पुष्टि गरेको छ । गत ४ जेठमा उपचारका क्रममा मृत्यु भएका वृद्धको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यद्यपि उनको अन्त्येष्टिसमेत भइसकेकोछ ।
वीरगञ्जको प्रयोगशालामा रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि स्वाम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वृद्धको कोरोानाकै कारण मृत्यु भएको बताए । उनी क्षमरोग, दम र निमोनियाबाट ग्रसित थिए ।