कोभिड–१९ का कारण विदेशको रोजगारी गुमाउनेलाई ८ क्षेत्रमा जागिर दिने सरकारको तयारी

काठमाण्डु टुडे २०७७ जेठ २ गते २२:१३ मा प्रकाशित

काठमाण्डु, २ जेठ– सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक श्रम बजारमा रोजगारी गुमाएर स्वदेश फर्कनेहरुका लागि नेपालमै रोजगारीको व्यवस्था गर्ने नीति ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०७७÷०८८ को नीति तथा कार्यक्रममा वेरोजगार युवाहरुलाई विभिन्न ८ क्षेत्रमा रोजगारीको व्यवस्था मिलाइने उल्लेख छ ।

‘पर्याप्त आन्तरिक रोजगारी भई नसकेको अवस्थामा कोभिड–१९ को विश्वव्यापी महामारीले स्वदेशको रोजगारी सङ्कुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू फर्किने सम्भावित परिस्थितिले बेरोजगारको सङ्ख्या बढ्ने जोखिम देखिएको छ’, नीति कार्यक्रममा भनिएको छ, ‘बेरोजगारहरूको सम्भावित पङ्क्तिलाई व्यावसायिक कृषि, बृहत् भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ।

कोभिड–१९ का कारण खाडीसहित विभिन्न मुलुकबाट कम्तिमा १० लाख युवा रोजगारी गुमाएर नेपाल फर्कने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us