मानसिक सन्तुलन गुमाएका पुरुषमा पनि देखियो कोरोना

काठमाण्डु टुडे २०७७ वैशाख ३१ गते ११:५४ मा प्रकाशित

सर्लाही, ३१ वैशाख– सर्लाहीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक सन्तुलन गुमाएका हरिपूर्वा गाउँपालिका–३ का ४५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । मंगलबार सार्वजनिक गरिएको २६ संक्रमितमध्ये उनी एक रहेको बताइएको छ ।

घरबाहिर हिंडिरहने भएका कारण संक्रमितको सम्पर्कमा पुगेको र संक्रमण भएको हुन सक्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । हिंडेरै जनकपुर गएका बेला उनलाई स्थानीय सरकारका प्रतिनिधिले क्वारेन्टाइनमा राखेर परीक्षण गराएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us