
काठमाण्डु, २८ वैशाख– भारतले नेपाली भूमि अतिक्रमण गरी लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु आइतबार पनि पक्राउ परेका छन् ।
लिपुलेक फिर्ताको माग गर्दै माइतीघर मण्डलामा गरिएको प्रर्दशनमा सहभागीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सबै विद्यार्थी छन् ।
यसअघि शनिबार पनि भारतीय दूतवास लैनचौर अगाडि प्रर्दनमा उत्रिएका विद्यार्थी र माइतीघर मण्डलामा विरोध गर्ने युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको थियो ।