सिंहदरबार गेटमा प्रहरी र चिनियाँ नागरिकबीच हानाहान

काठमाण्डु टुडे २०७७ वैशाख २६ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख–चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरबार परिसरमा हानाहान भएको छ ।

स्वदेश फिर्त हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि धर्नामा बसेका उनीहरुलाई प्रहरीले उठाउन खोजेपछि झडप भएको हो । प्रहरीले भने लकडाउन र निषेधित क्षेत्र दुवै तोडेकाले सम्झाउँदा उल्टै चिनियाँ नागरिकले प्रहरीमाथि आक्रमण गरेको बताएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले लकडाउन उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताए । उनका अनुसार ३३ चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, एक महिला प्रहरी र एक चिनियाँ नागरिक घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us