ओलीले सचिवालय बैठक छाडेर हिंडेको विषयमा बोले प्रचण्ड

काठमाण्डु टुडे २०७७ वैशाख २५ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली बुधबारको पार्टी सचिवालय बैठक बीचैमा छाडेर हिंडेको विषयमा प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले ओली र आफूबीच सम्बन्धमा देखिएको दरार कम हुँदै गएको संकेत पनि गरे ।

बिहीबार संसद भवनमा कोरोना परीक्षणका लागि नमुना दिएपछि सञ्चारकर्मीसँग उनले ओलीसँग छलफल भइरहेको बताए । गृहकार्यका लागि पर्याप्त समय नपुगेकाले आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको दाबी उनले गरे ।

प्रचण्डले एक दुई दिनभित्रै स्थायी समिति बैठकको अर्को मिति तय हुने पनि जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us