बन्दुक बोकेर ड्युटी गरिरहेका हवल्दार ढले, घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०७७ वैशाख २५ गते ११:५५ मा प्रकाशित

सप्तरी, २५ वैशाख– सप्तरीमा ड्युटीमै खटिएका बेला एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत हवल्दार  रामबहादुर मगरको मृत्यु भएको हो । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीेले उभिएर ड्युटी गरिरहेका बेला एक्कासि ढलेका मगरको तत्काल मृत्यु भएको बताए ।

मृत्युको कारणबारे पोस्टमार्टमा रिपोर्ट आएपछि मात्र भन्न सकिने भारतीले उल्ले गरे ।
यसअघि सप्तरीक बोदे बर्साइन नगरपालिका–९ देउरीमा ड्युटीमै रहेका सशस्त्र प्रहरीका सहायक निरक्षि कुलबहादुर कार्कीको सोमबार अचानक मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us