वाइवाई चाउचाउको उत्पादन बन्द

काठमाण्डु टुडे २०७७ वैशाख २० गते १९:३७ मा प्रकाशित

काठमाण्डु, २० वैशाख–वाइवाई चाउचाउको उत्पादन बन्द भएको छ ।

उत्पादन सुरु भएको ३६ वर्षपछि वाइवाइको उत्पादन पहिलोपटक बन्द भएको हो । गत चैत ११ गतेदेखि उत्पादन बन्द भएको चौधरी ग्रुपमा सञ्चार अधिकृत मधूसुदल पौडेलले जानकारी दिए । उत्पादन बन्द भएपछि बजारमा वाइवाइ चाउचाउ पाउन छाडिएको छ । बजारमा अभाव भएपछि कालोबजारियाले महंगोमा चाउचाउ बेच्न थालेका छन् । पौडेलले लकडाउनका कारण उत्पादन बन्द भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us