नेपालमा थप दुई जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७७ वैशाख १९ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– नेपालमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का थप दुई संक्रमित फेला परेका छन् ।

नेपालगञ्जका ६० वर्षीय पुरुष र रुपन्देहीका २५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले उनीहरु दुवैको अवस्था सामान्य रहेको बताए ।

यो सँगै नेपालमा कोरोेना संक्रमितको संख्या ५९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us