काठमाण्डु, १८ वैशाख– कारोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण पछि धकेलिएको यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठमा गर्न प्रस्ताव गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साता गर्न सुझाएको हो । कार्यदलले प्रतिवेदन बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलललाई बुझाएको छ ।
प्रतिवेदनमा २५ वैशादपछि लकडाउनको मोडलमा परिवर्तन आए जेठ अन्तिम सातासम्म एसईई परीक्षा सञ्चालन सम्भव रहेको उल्लेख छ ।
गत ६ चैतबाट एसईई परीक्षा सुरु गर्ने तयारी भएकामा कोरोना महामारीका कारण अन्तिम समयमा आएर रोकिएको थियो । यो वर्षको एसईईमा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदैछन् ।