अन्ततः चीनसँग डराए ट्रम्प

काठमाण्डु टुडे २०७७ वैशाख १८ गते १२:३६ मा प्रकाशित

donald trumpएजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन हराउन चीनले जे पनि गर्न सक्ने बताएका छन् ।

बुधबार राष्ट्रपति कार्यालयमा रोयटर्ससँग कुरा गर्दै ट्रम्पले समाचार रोयटर्स समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा कोरोना भाइरस (कोभिड–१९) पनि चीनको सोही रणनीतिको एक भाग रहेको आरोप लगाए ।

उनले कोरोना भाइरसको ह्याण्डलिङ चीनले नै गरिरहेको दाबी गरे । ‘चीनले कोरोनाको ह्यान्डलिङ गरिरहेको छ’, ट्रम्पले भने, मलाई फेरि राष्ट्रपतिमा निर्वाचित हुन नदिने षड्यन्त्रमध्येको एक हो ।’

चीनको हरेक षड्यन्त्रविरुद्ध जुध्न आफूले पनि तयारी गरिरहेको चेतावनी उनले दिए । ट्रम्पले बाँकी विश्वलाई कोरोनाबारे गुमराहमा राखेका कारण संसारभर महामारीको चपेटामा परेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us