कोरोनासम्बन्धी शब्द नेपाली शब्दकोशमा थपिँदै

काठमाण्डु टुडे २०७७ वैशाख १५ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ ।

हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

हाल कोरोना, कोभिड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्यापिड टेस्टिङ, किट, भाइरस, सोसियल डिस्टेन्स, ट्रेसिङ लगायत चलनचल्तीमा रहेका कोरोना महामारीसँग जोडिडएका शब्दहरु थपिने तयारी अन्तिम चरणमा पुगेको कुलपति उप्रेतीले बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us