ओम्नीसँगको खरिद सम्झौताबारे लेखाले छानबिन गर्ने

काठमाण्डु टुडे २०७७ वैशाख १४ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख– संसदको सार्वजनिक लेखा समितिले ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता गर्दा भएको अनियमितताबारे छानबिन गर्ने भएको. छ ।

ओम्नीसँग बिना प्रतिस्पर्धा स्वास्थ्य सामग्री तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएको र पछि रद्द गरेको पाइएको भन्दै समितिले छानबिन गर्ने जनाएको हो ।

समिति सचिव डा. रोजनाथ पाण्डेले आइतबार सूचना जारी गर्दै स्वास्थ्य सामग्रीबारे मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजातहरु तथा खरिद प्रक्रियामा भए/गरेका सम्पूर्ण कागजातहरु सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य सामग्री सामग्री खरिद गरेको थियो ।

तर, महामारीका नाममा विधि, प्रक्रिया मिचेर खरिद सम्झौता भएको भन्दै चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा विभागले ओम्नीसँगको सम्झौता खारेज गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us