छोराद्वारा बाबुको कुटेर हत्या

काठमाण्डु टुडे २०७७ वैशाख १४ गते १२:५० मा प्रकाशित

सल्यान, १४ वैशाख– सल्यानमा सामान्य विवादमा छोराले बाबुको हत्या गरेका छन् ।

सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका ५१ वर्षीय बुदे विकको छोरा २१ वर्षीय सुरजले हत्या गरेका हुन् ।

बाबुलाई कुटपिटपछि हत्या गरेको आरोपमा स्ुरजलाई गएराति पक्राउ गरिएका सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us