कोभिड–१९ बारे विश्व स्वास्थ्य संगठनको नयाँ चेतावनी

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते २१:२८ मा प्रकाशित

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) का बिरामीमा उपचारपछि निको भएर पनि फेरि संक्रमण देखिन सक्ने चेतावनी दिएको छ ।

डब्लूएचओले शनिबार एक विज्ञप्ति जारी गर्दै संक्रमणमुक्त भएकाहरुमा पुनः संक्रमण दोहोरोने सम्भावना रहने भएकाले सतर्क हुन आग्रह गरेको छ ।

विज्ञप्तिमा एकपटक निको भएर फर्कनेहरुमा फेरि संक्रमण हुँदैन भन्ने आधार नरहेको स्पष्ट गरिएको छ ।

‘कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रोपटक सङ्क्रमणबाट सुरक्षित हनसक्छ भन्ने आधार अहिलेसम्म भेटिएको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us