कडाउनबारे सर्वोच्चले दियो सरकारलाई यस्तो आदेश

काठमाण्डु टुडे २०७७ वैशाख ११ गते २२:२७ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवेदनशील हुन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘कुनै पनि भूमिकामा रहेका राज्यका पदाधिकारीले कुनै व्यक्ति माथि कानूनविपरीत अमानवीय व्यवहार गर्न हुँदैन ।’

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले बन्दाबन्दीको समयमा मानिसको जीउ ज्यान, औषधि, पानी, खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापनका सहज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us