पेट्रोल र डिजेलको मूल्य इतिहासमै सबैभन्दा सस्तो

काठमाण्डु टुडे २०७७ वैशाख ९ गते ९:१९ मा प्रकाशित

एजेन्सी– अमेरिकी कच्चा तेलको मूल्यमा इतिहासकै सर्वाधिक गिरावट आएको छ ।

कच्चा तेलको मूल्य अहिलेसम्मकै तल झरेर ऋणात्मकमा पुगेको हो ।  कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण संसार नै लकडाउनमा भएका कारण बजारमा तेलको माग ह्वात्तै घटेको छ ।

मूल्य घट्नुको अर्को कारण हो, भण्डारण गर्ने स्थानको अभाव हुनु । अमेरिकामा कच्चा तेलको मूल्य मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यारेलमा सीमित भएको बीबीसीले जनाएको छ ।

बजारमा माग घटेपछि तेल उत्पादकहरुले उत्पादन घटाएका छन् । तेल उत्पादक देशहरुको संगठन (ओपेक) ले यसअघि नै तेल उत्पादन घटाउने निर्णय गरिसकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us