

काठमाण्डु, ७ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सफल उपचार गरेर चर्चामा आएका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।
सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै हिंडेको विषयमा सोध्न मन्त्रालयबाट फोन गर्दा नउठाएको र बोलाउँदा नआएको आरोपमा उनलाई शुक्रबार मन्त्रालयले लिखित स्पष्टीकरण माग गर्दै पत्राचार गरेको थियो ।
आइतबार कार्यालय खुलेसँगै डा. पुन मन्त्री भानुभक्त ढकाललाई स्पष्टीकरण दिन मन्त्रालय पुगेका हुन् । डा. पुनले दैनिक १८ घण्टासम्म बिरामीको उपचारमा खटिनुपरेका कारण टेलिफोन उठाउन नसकेको र मन्त्रालयमा उपस्थित हुन नसकेको बताएका छन् ।
महामारी नियन्त्रणका लागि दिनरात सक्रिय योग्य चिकित्सकमाथि कारबाहीको तयारी गरिएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भइरहेको छ ।