पेट्रोलियम संस्थाबाट कोरोना नियन्त्रण कोषमा १० लाख

काठमाण्डु टुडे २०७७ वैशाख ३ गते २०:३६ मा प्रकाशित

काठमाण्डुृ, ३ वैशाख–नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले  कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु पाँच लाख  सहयोग गरेका छन् ।

 

उक्त सहयोग रकम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको  एशोसिएशनले जनाएको छ । एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले राष्ट्रिय विपत्तिका समयमा नेपाल सरकारलाई सहयोग गर्ने कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै सहयोग गरिएको स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us