नयाँ वर्षमा एनसेलमा अफरै अफरः निःशुल्क गीत सुन्नेदेखि ज्योतिषी हेराउने सम्म सुविधा

काठमाण्डु टुडे २०७७ वैशाख १ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् ।

एनसेलले नयाँ वर्ष २०७७ को अवसरमा ल्याएको नयाँ योजनामा एक महिनाका लागि विभिन्न प्रकारका डिजिटल सेवासमेत निःशुल्क प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको छ ।

एनसेलले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभ दरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको जनाएको छ ।

लकडाउनमा रहेका ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरिएको एनसेलद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ वर्षको अफरअन्तर्गत ग्राहकले अब विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कल मात्र २ रुपैयाँ ४९ पैसा प्रतिमिनेट (कर सहित ३ रुपैयाँ १८ पैसा) मा कुरा गर्न सकिने छ ।  अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।

ग्राहकले १७१०७ डायल गरी यो योजनाअन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी वा अंग्रेजीमा ठूलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभलिन सक्नेछन् । यो योजना १ महिनाका लागि हुने छ ।
नयाँ वर्षकै अर्को योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि एक महिनाका लागि निःशुल्क गरेको छ ।

गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक सांगीतिक एप सेवाहो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चातकुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् ।

यो योजनाअन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवाअन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् ।

यसैगरी नयाँ वर्षको योजनाअन्तर्गत नै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निल्शुल्क आनन्द लिन सक्नेछन् । यो सेवाअन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् ।

अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशल्क प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एकपटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् ।

उल्लेखित सबै डिजिटल सेवाहरु वैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us