काठमाण्डु, २८ चैत– कोरोना भाइरस (कोभिड–१९) को मारमा नपर्ने संसारमा कोही छैनन् ।
उच्च पदस्थ होउन वा कुनै ओहोदामा नभएका, धनी गरिन, साना ठूला कोही भनेको छैन महामारीले । महामारीको प्रभाव दैनिक ज्यालादारी गर्नेसम्मलाई मात्र होइन, अरर्बौ सम्पत्तिका मालिकहरुलाई समेत परेको एक रिपोर्ट सार्वजनिक भएको .छ ।
चर्चित पत्रिका फोब्र्सको २०२० को सूचीमा पछिल्लो १२ दिनमा २ सय २६ जना धनीहरु अर्बपतिबाट तल झरेका छन्, अर्थात उनीहरुले सम्पत्तिको ठूलो हिस्सा गुमाएका छन् । फोब्सले सूची तयार पार्दा अटाएकाहरु सूचीलाई अन्तिम रुप दिँदासम्म अर्बपतिबाट हटेका हुन्, कारण हो कोरोना । हुन त अर्बपति सूचीमा हटाउन सफल भएकाहरुको पनि सम्पत्ति भने घटेको छ ।
१८ मार्चमा संसारभर २ हजार ९५ अर्बपति सूचीमा अटाएका थिए । ती मध्ये २ सय २६ जना हटेका छन् । उनीहरुको ५१ प्रतिशत सम्पत्ति घटेको छ । सूचीमा अटाएहरुको पनि सम्पत्ति निराशाजनक रुपमा घटेको छ ।
तीनपटकसम्म अर्बपतिको शीर्ष स्थानमा रहन सफल अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले कोरोना महामारीका कारण १८ अर्ब डलर गुमाएका छन् । १३ औ. स्थानमा रहेका भारतीय अर्बपछि मुकेश अम्बानी २१ ऋौं स्थानमा धकेलिएका छन् । उनले ५.७ अर्ब सम्पत्ति गुमाएको फोब्र्सले जनाएको छ ।